क्वारेन्टिनबाट घर फर्केका एकको मृत्यु – EsancharPati
क्वारेन्टिनबाट घर फर्केका एकको  मृत्यु

क्वारेन्टिनबाट घर फर्केका एकको मृत्यु

जलेश्वर । महोत्तरी गौशाला नगरपालिका-१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ ।

यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टिनमा बस्दै आएका उनको शनिबार कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको थियो ।

र, मण्डलको आज मृत्यु भएको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले मण्डलको मृत्यु कोरोना सङ्क्रमणले नभई कालगतिले भएको बताए ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares