नि:शुल्क आकस्मिक प्राथमिक उपचार तालिम प्रदान

नि:शुल्क आकस्मिक प्राथमिक उपचार तालिम प्रदान

असोज – २१ फलेन्द्र बलमपाकी मगर / युएई

सर्लाही सेवा समाज , युएई को संयोजन तथा डिस्कभरी रोयल स्पोर्ट्स एलएलएलसि , युएई को आयोजनमा। जीवन उपयोगी नि:शुल्क आकस्मिक प्राथमिक उपचार तालिम प्रदान गरिएको छ । विकसित र शिक्षित मुलुकहरू मा । मानवीय जिवनमा आकस्मिक आइपर्ने दुर्घटनाका बारेमा सामान्यतः सबैलाई ज्ञान दिइएको हुन्छ । तर हाम्रो जस्तो अर्धविकसित र अर्ध शिक्षित मुलुकमा । यस्ता सामान्य खाले ज्ञानको अभावका कारणले गर्दा वर्षेनी हजारौं मान्छेले अकालमा ज्यान गुमाउनु परेका छन।

यस्तै सामान्य खाले ज्ञानको अभावलाई मध्ये नजर गरि । आकस्मिक दुर्घटना लाई न्यूनीकरण गर्नको निमित्त । तत्कालै घरेलु उपचार गरि हस्पिटल सम्म पुर्याउन सकिने उपायबारे । हस्पिटलको पहुँच भन्दा टाढा भएका हरेक नागरिकलाई । सामान्य ज्ञानको बारेमा जानकारी दिने उदेश्यले । पहिलो र दोस्रो चरणको ८ जिल्लाको अभियान अन्तर्गत । कार्यक्रम स्याङ्जा , पाल्पा , गुल्मी र रुपन्देही हुँदै सर्लाही जिल्लामा असोज १९ गते भव्य रुपमा । सर्लाही जिल्लाको सबै गाउँ तथा नगरपालिकाहरु बाट प्रतिनिधित्व हुने गरि १८ वर्षमाथि का विद्यार्थी युवा, प्रहरी, स्वयंसेवी महिला, शिक्षक, पत्रकार, किसान र सामाज सेवि हरु गरि करिब १६८ जनालाई तालीम प्रदान गरिएको कार्यक्रम संयोजक बिनेश कार्कीले जानकारी दिनु भयो ।

युएईमा रहेर आफुले सिकेका ज्ञान लाई नेपाल सम्म पुर्याउन । डिस्कोभरी रोयल स्पोर्ट्स एलएलसी , युएई का प्रबन्ध निर्देशक ओम उप्रेतीले । युएईका कृयाशिल सम्पुर्ण जिल्ला स्तरीय संघ संस्थालाई समन्वय गरि । यो अभियान गत वर्षको चैत महिना बाट शुरुआत गरेका हुन । सर्लाही जिल्ला पछि सुनसरी – असोज २० शनिबार मोरङ – २१ आइतबार झापा – २२ सोमबार समापन गरिने प्रबन्ध निर्देशक ओम उप्रेतीले बताए ।