भारतमा लक डाउन खुकुलो – EsancharPati
भारतमा  लक डाउन खुकुलो

भारतमा लक डाउन खुकुलो

काठमाडौं : भारतमा आजदेखि लक डाउन खुकुलो भयको छ। झन्डै एक महिना अर्थात जुन ३० सम्म लकडाउन यथावत रहने भनिए पनि सङ्क्रमण धेरै फैलिएको ठाउँमा मात्रै लकडाउन सीमित राखिएको भारतीय संचारमाध्यमले जनाएका छन् । यद्यपि, राज्य सरकारले कोरोना रोकथामका लागि केही क्षेत्र र काममा प्रतिवन्ध लगाउन सक्नेछन् ।

अब राज्यहरुले ‘कन्टेन्ट जोन’ (कोरोना अति प्रभावित क्षेत्र) बाहिर सामान्य गतिविधि गर्न सक्नेछन् । अनलकको पहिलो चरणमा भारतको गृहमन्त्रालयले सपिङ मल, होटल, रेस्टुराँ तथा धार्मिकस्थल खोल्न पाउने जनाएको छ । यद्यपि विद्यालय, कलेज, शैक्षिक प्रशिक्षण संस्थाहरू दोस्रो चरणमा राज्य र केन्द्र शासित प्रदेशको छलफल पछि खोलिने छन् ।

यद्यपि अन्तरराष्ट्रिय हवाई यात्रा अहिले पनि बन्द हुनेछ । पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार र प्रेक्षालय, हल, सामाजिक, राजनीतिक र खेल सम्बन्धी गतिविधि बन्द रहनेछ । भारतमा तिव्र रुपमा कोरोना संक्रमण फैलिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८ हजार ७८२ कोरोना संक्रमित थपिएका छन् ।

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares