कर्णालीमा थप ७५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९८ पुग्यो – EsancharPati
कर्णालीमा थप ७५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९८ पुग्यो

कर्णालीमा थप ७५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९८ पुग्यो

काठमाडौं, १९ जेठ ।कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ। पछिल्लो २४ घण्टाभित्र कर्णाली प्रदेशका ७५ जना नयाँ संक्रमित भेटिएका छन्।

आइतबार राति सुर्खेतमा रहेको पशुपंछी रोग अन्वेषण केन्द्रमा रहेको प्रयोगशालामा परीक्षण गरिएका स्वाबमध्ये ३२ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएका स्वाबमध्ये ४३ जनामा कोरोना पोजेटिभ देखिएको हो।

योसँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या १ सय ९८ पुगेको छ । कर्णाली प्रदेशमा संक्रमित थपिएसँगै देशभर १६ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमण पुष्टि भएका सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।आइतबारसम्म कर्णालीमा १२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

Share This
  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares