कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु,नेपालमा ज्यान गुमाउनेको संख्या ७पुग्यो – EsancharPati
कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु,नेपालमा ज्यान गुमाउनेको संख्या ७पुग्यो

कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु,नेपालमा ज्यान गुमाउनेको संख्या ७पुग्यो

दैलेख, १७ जेठ । कोरोना भाइरस (कोभिड–१९) कारण दैलेखमा एक जनाको मृत्यु भएको छ ।दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान कोरोनाको कारण निधन भएको हो ।

दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

उनको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । यसअघि कोरोनाका कारण नेपालमा ६ जनाले ज्यान गुमाइसकेका छन् ।

सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध र ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष र अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ एक जना पुरुष गरी ६ जनाको कोरोनाका कारण मृत्यु भइसकेको पुष्टि भइसकेको छ ।

Share This
  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares