पोष्टमार्टम रिपोर्ट आयो, रुकुम घटनाले लियो अर्कै रुप – EsancharPati
पोष्टमार्टम रिपोर्ट आयो, रुकुम घटनाले लियो अर्कै रुप

पोष्टमार्टम रिपोर्ट आयो, रुकुम घटनाले लियो अर्कै रुप

जेठ १७ । रुकुम पश्चिममा भएको घटनामा मृतकहरुको पोष्टमार्टम रिपोर्टले स्थिति झनै तनावग्रस्त भएको छ । पोष्टमार्टम रिपोर्टले मृतकहरु भेरी नदीमा डुबेर मृत्यु भएको नभइ उनीहरुलाई मारेर भेरीमा फालिएको तथ्य फेला परेको छ ।

रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी किशोरीलाई भगाउन भन्दै समूहमा पुगेका युवाहरुको शव भेरी नदीमा भेटिएको थियो । भेरी नगरपालिका–४, जाजरकोटका ५ जना युवाको शव भेटिएको थियो र उनहिरुको पोष्टमार्टम गरिएको थियो । भेरीमा भेटिएका ५ जनाको शव पोष्टमार्टममा उनीहरुको कुटपिटपछि हत्या गरिएको तथ्य खुल्न आएको बताइएको छ ।

पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार मृतककोे पेटमा पानी भेटिएको छैन । यदि डुबेर मृत्यु भएको भए मृतकको पेटमा पानी हुनुपर्ने चिकित्सकले जनाएका छन् । मृतक पाँचै जनाको टाउकोलगायत शरीरका विभिन्न अंगमा गहिरो चोट देखिएको छ । उनीहरुको डुबेर मृत्यु भएको अवस्थामा पेटमा पानी हुनुपर्ने चिकित्सकले जनाएका छन् । यस्तो रिपोर्ट आउनुले घटनालाई थप शंकास्पद बनाउनुका साथै यसले अर्कै रुप लिएको बताइएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •