प्रजिअ, जर्नेल लगायत संक्रमित भएपछि सुरक्षाकर्मी कर्मचारीमा समेत त्रास – EsancharPati
प्रजिअ, जर्नेल लगायत संक्रमित भएपछि सुरक्षाकर्मी कर्मचारीमा समेत त्रास

प्रजिअ, जर्नेल लगायत संक्रमित भएपछि सुरक्षाकर्मी कर्मचारीमा समेत त्रास

जेठ १६ । नेपालमा पछिल्लो दिनहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । कर्मचारी र सुरक्षाकर्मी पनि संक्रमित भेटिएका छन् । धनुषाका सिडिओ पनि संक्रमित भएका छन् । उनको हालै कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो ।

केही दिनअघि नेपाली सेनाका पृतनापति रहेका एकजना जर्नेल संक्रमित भेटिएका थिए । सेना, प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर समेत संक्रमित हुन थालेका छन् । सबैभन्दा बढी जोखिममा प्रहरी र सेना परेका छन् । यसअघि स्वास्थ्यकर्मी र पत्रकारहरु संक्रमित भेटिएका थिए । हिजो संक्रमित एक हजार पुगेको हो । यसले महामारीले डरलाग्दो रुप लिनसक्ने त्रास बढेको छ भने सुरक्षाकर्मी कर्मचारीमा एवम् अत्यवश्यक क्षेत्रमा काम गर्नेहरुमा पनि व्यापक त्रास फैलिएको छ ।

Share This
  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares