एकै दिन थप १५६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या १ हजार ४२ पुग्यो – EsancharPati
एकै दिन थप १५६ जनामा कोरोना  संक्रमण पुष्टि,संक्रमित संख्या १ हजार ४२ पुग्यो

एकै दिन थप १५६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या १ हजार ४२ पुग्यो

काठमाडौं : नेपालमा बिहीबार एकै दिन थप १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमित संख्या १ हजार ४२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार मात्रै १५६ जना नयाँ संक्रमित थपिएका हुन् । देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका छन।

देवकोटाका अनुसार बुधबार मात्रै एकैदिन १३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक जनाको मृत्यु भएको थियो ।यो सँगै नेपालमा कोरोना भाइरसको कारण ५ जनाको मृत्यु भएको छ । यस्तै, हालसम्म १८७ जना निको भएर घर फर्किएका छन् ।

Share This
  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares