आज १३औँ गणतन्त्र दिवस,आज र भोलि साँझ घर घरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध – EsancharPati
आज १३औँ गणतन्त्र दिवस,आज र भोलि साँझ घर घरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध

आज १३औँ गणतन्त्र दिवस,आज र भोलि साँझ घर घरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध

काठमाडौं – नेपालमा गणतन्त्र घोषणा भएको तेह्रौँ वर्ष लागेको छ ।जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।सरकारले विगतमा गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिदै आए पनि गत वर्षदेखि गणतन्त्र दिबसको बिदा कटौती गरेको छ ।

देशमा गणतन्त्र आएको एक दशक बितिसक्दा पनि जनअपेक्षा अनुरुपको प्रगति हुन नसकेको भन्दै जनतामा निराशा छाएको छ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन जेठ १५ लाइ नेपालको राजनीतिक इतिहासमा युगान्तकारी दिनकारुपमा स्मरण गरिन्छ।

माओवादी जनयुद्ध बलमा दोस्रो ऐतिहासिक जनआन्दोलन २०६२⁄६३ ले संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक आधार तयार गर्‍यो । यही राजनीतिक आधारमा विस्तृत शान्ति सम्झौता हुदै संविधान सभाको निर्वाचन सम्पन्न भयो । संविधानसभाको पहिलो बैठकले बिसं २०६५ जेष्ठ १५ गते विधिवतरुपमा राजतन्त्रको समूल अन्त गर्दै गणतन्त्र घोषणा गर्‍यो । यही ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष जेष्ठ १५ मा गणतन्त्र दिवस मनाउन थालिएको हो । १२ औ गणतन्त्र दिवस स्वदेश तथा विदेशमा विभिन्न औपचारिक कार्यक्रम गरि मनाइएको छ ।

गणतन्त्र दिवसका उपलक्ष्यमा गृहमन्त्रालयले दिपावली गरी दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ ।मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार आज र भोलि साँझ पनि घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares