सलमानको फिल्म दोश्रो पटक इदमा रिलिज हुन सकेन – EsancharPati
सलमानको फिल्म दोश्रो पटक इदमा रिलिज हुन सकेन

सलमानको फिल्म दोश्रो पटक इदमा रिलिज हुन सकेन

जेठ १३ । बलिउडमा नायक सलमान खानको प्राय चलचित्रहरु हरेक बर्ष इदमा रिलिज हुँदै आएका थिए । यसपटकको इदमा उनको ‘राधे’ रिलिज गराउने लक्ष्य भने कोरोना भाईरसको महामारिको कारण पूरा हुन सकेन फलस्वरुप स्वयम् सलमान खानलाई, निर्माता तथा उनका फ्यान निराश हुनुपरेको छ ।

पछील्ला समयमा समेत इदमा सलमानसँग टक्कर दिन चलचित्र रिलिज गर्ने हिम्मत अरु निर्माताले गरेका थिएनन् । नायक खानको पछिल्लो १० बर्षमा इदमा दोश्रो पटक चलचित्र रिलिज भएन । यसअघि, नायक खानको चलचित्र सन् २०१३ मा रिलिज भएको थिएन । सो बर्षको इदमा नायक साहरुख खानले चलचित्र ‘चेन्नई एक्सप्रेस’ रिलिज गरेका थिए । जसले बक्स अफिसमा सबै रेकर्ड तोडेको थियो । अब ‘राधे’ चलचित्र कहिले रिलिज हुन्छ कुनै ठेगाना छैन ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares