लगभग नौ लाख नेपाली विदेशबाट ल्याइँदै – EsancharPati
लगभग नौ लाख नेपाली विदेशबाट ल्याइँदै

लगभग नौ लाख नेपाली विदेशबाट ल्याइँदै

जेठ १३ । कोभिड–१९ का कारण भारत लगायत अन्य मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी गर्न लागिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) तथा विभिन्न मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढाएका छन् ।

दुई ओटै समितिमा विशेष भूमिका निर्वाह गरिरहेका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार विदेशबाट ल्याउने नेपालीको अनुमानित सङ्ख्या विश्लेषण गरी समितिमा प्रस्ताव गरिएको हो । लगभग नौ लाख नेपाली ल्याउने अवस्था आउन सक्ने आँकलन गरिएको छ ।

यसै सिलसिलामा पछिल्लोपटक भएको छलफल अनुसार परराष्ट्र मन्त्रालयले विदेशमा समन्वय गर्ने, नागरिक उड्डयन मन्त्रालयले जहाज व्यवस्थापन गर्ने र विदेशस्थित कूटनीतिक नियोगले फर्कने नेपालीलाई अद्यावधिक गर्ने योजना रहेको छ । यो खबर आजको गोरखापत्रमा प्रकाशित छ ।

Share This
  • 40
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    40
    Shares