कोरोना पोजेटिभ युवाको पाटन अस्पतालले गर्यो हड्डीकोअपरेशन – EsancharPati
कोरोना पोजेटिभ युवाको पाटन अस्पतालले गर्यो हड्डीकोअपरेशन

कोरोना पोजेटिभ युवाको पाटन अस्पतालले गर्यो हड्डीकोअपरेशन

काठमाडौं, १२ जेठ। कोरोना पोजेटिभ एक युवाको पाटन अस्पतालमा हड्डीको अपरेशन सम्पन्न भएको छ। सप्तरीका ३२ वर्षे युवाको आज अपरेशन सम्पन्न भएको पाटन अस्पताल कोरोना डेडिकेटेड संयोजक डा विमल पाण्डेले जानकारी दियका छन ।

सप्तरीका ३२ वर्षीय ती युवकको खुट्टा भाँचिएकै कारण दुई दिनअघि उनलाई काठमाडौंका कोभिड अस्पतालहरुले भर्ना लिएका थिएनन् । उनी दिनभर पाटन अस्पतालको प्रांगणमा एम्बुलेन्समै राखिएका थिए ।‘सुरुमा हामीले यहाँ ठाउँ नभएर काठमाडौं मेडिकल अस्पताल पठाएका थियौं’ डा पाण्डेले भन्नुभयो , ‘उनको स्वास्थ्य अवस्था सामान्य छ। नेपालमा कोरोना पोजेटिभ बिरामीको सर्जरी भएको संभवत यो पहिलो घटना हो।’ सर्जरीमा डा. सुमन श्रेष्ठ र डा. तोया भट्ट रहेको पाण्डेले बताउनुभयो ।

Share This
  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares