बारामा थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण – EsancharPati
बारामा  थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

बारामा थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं,११ जेठ। बारामा चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ जना प्रहरी कर्मचारी रहेका बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित बतायका छन।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया–१६ घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी स‌ंक्रमित भएका हुन् ।यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पण्डितका अनुसार पहिलो संक्रमितको कन्ट्याक ट्रेसिङको आधारमा उनीहरु सबैको जेठ ७ गते स्वाब परीक्षण गरिएको थियो ।

Share This
  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares