मन्त्रीले नेताहरुको घरघरमा नक्सा पुऱ्याउँदै हिँड्ने बेला होइन यो: कमल थापा – EsancharPati
मन्त्रीले नेताहरुको घरघरमा नक्सा पुऱ्याउँदै हिँड्ने बेला होइन यो: कमल थापा

मन्त्रीले नेताहरुको घरघरमा नक्सा पुऱ्याउँदै हिँड्ने बेला होइन यो: कमल थापा

जेठ ११ । आफ्नो ट्विटरमार्फत राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्याललाई नेताहरुको घरघरमा नक्सा पुर्याउँदै हिँडेकोलाई सस्तो लोकप्रियतावादी कामको संज्ञा दिएका छन् । उनले तत्काल यो काम छोड्नसमेत आग्रह गरेका छन् । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेर यही जेठ ७ गते अद्यावधिक नयाँ नक्सा सार्वजनिक गरेको थियो । र, सो नक्सा मन्त्री अर्यालले शीर्ष नेताहरुलाई भेटेर बुझाईरहेकी छिन् ।

थापाले लेखेका छन्, “प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गरेर गरेको टिव्टमा थापाले काम नभएका मन्त्रीहरुलाई कोभिड १९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउन पर्छ ।”

“नेताहरुको घरघरमा नक्सा पुऱ्याउंदै हिडने ‘सस्तो लोकप्रियतावादी’ काम छोडनोस् । सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गंभीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस् ।काम नभएका मन्त्रीजीहरुलाई कोभिड-१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउनुहोस् ।” थापाले ट्विटरमार्फत भनेका छन् ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares