कोरोना भाइरस संक्रमणबाट विश्वभर १ सय १४ नेपालीको मृत्यु,१२ हजार ८ सय बढी संक्रमित – EsancharPati
कोरोना भाइरस संक्रमणबाट विश्वभर १ सय १४ नेपालीको मृत्यु,१२ हजार ८ सय बढी  संक्रमित

कोरोना भाइरस संक्रमणबाट विश्वभर १ सय १४ नेपालीको मृत्यु,१२ हजार ८ सय बढी संक्रमित

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १४ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विभिन्न १२ मुलुकमा ११४ जना नेपालीको मृत्यु भएको हो।

स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।मृत्यु हुनेमा ९५ जना पुरूष र १९ जना महिला छन् । सबै भन्दा बढी बेलायतमा ६५ जना नेपालीको मृत्यु भएको छ भने संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १८ तथा अमेरिकामा १६ जनाको मृत्यु भएको छ ।

यस्तै साउदी अरबमा ७, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ ।नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका बतायियको छ ।

Share This
  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares