सुर्खेतमा थपिय ३ कोरोना संक्रमित ,कर्णाली प्रदेशमा पुगे ४ जना – EsancharPati
सुर्खेतमा थपिय  ३ कोरोना संक्रमित ,कर्णाली प्रदेशमा पुगे ४ जना

सुर्खेतमा थपिय ३ कोरोना संक्रमित ,कर्णाली प्रदेशमा पुगे ४ जना

सुर्खेत । सुर्खेतमा शनिबार ३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहुनेमा सुर्खेत बराहताल गाउँपालिकाका २ जना र चौकुने गाउँपालिकाका १ जना रहेका छन् ।

प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले तीन जनामा कोरोना संक्रमण पुष्टि भएको बतायका छन। उनीहरुलाई प्रदेश अस्पताल सुर्खेतको आइसोलेसन कक्षमा राखिएको छ ।उनकाअनुसार प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि शनिबार पोजेटिभ नै नतिजा आएको हो ।

उनीहरु भारतबाट आएको बताइएको छ । यसअघि दैलेखको आठविस नगरपालिकाका एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ ।मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ५४८ पुगेको छ भने ७० जना कोरोना निको भएर घर फिर्ता भएका छ भने ३ जनाको उपचारको क्रममा निधन भएको छ ।

Share This
  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares