नेपालमा थप ९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४५३पुग्यो – EsancharPati
नेपालमा थप ९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४५३पुग्यो

नेपालमा थप ९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४५३पुग्यो

काठमाडौं, जेठ ८। नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार बिहीबार ९ कोरोना संक्रमित थपिएका हुन्।

उनीहरूमध्ये रुपन्देही १ र झापामा ८ जना पुरूष छन्। उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए। बिहीबार प्रदेश नम्बर १ को प्रयोगशाला र रुपन्देहीको भैरहवा प्रयोगशालामा गरिएका परीक्षणबाट उनी हरुमा कोरोनाको संक्रमण पुष्टि भएको हो। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४५३ पुगेको छ। तीमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ।

Share This
  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares