इजरायलका लागि चिनियाँ राजदूत मृत भेटिए – EsancharPati
इजरायलका लागि चिनियाँ राजदूत मृत भेटिए

इजरायलका लागि चिनियाँ राजदूत मृत भेटिए

जेठ ४ । इजरायली पत्रिका द जेरुसलेम पोस्टका अनुसार इजरायलका लागि चिनियाँ राजदूत डु वेई आफ्नै अपार्टमेन्टमा मृत फेला परेका छन् । तेल अभिभनजिकै हज्र्लियामा रहेको आफ्नै अपार्टमेन्टमा उनी मृत भेटिएका हुन् । ५८ वर्षीय वेईको मृत्यु के कारणले भएको हो भनी खुल्न छैन ।

वेईले गत फेब्रुअरीमा चिनियाँ राजदूतको रुपमा इजरायलमा गई जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले यसअघि युक्रेनमा समेत राजदूतको रुपमा काम गरिसकेका थिए । उनका श्रीमती र एक छोरा छन् यद्दपी उनी हज्र्लियामा आफुमात्र बस्दै आएका थिए । उक्त घटनालाई इजरायलको विदेश मन्त्रालयले पुष्टि गरिसकेको र अनुसन्धान भइरहेको जनाएको छ ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares