अब नयाँ शिक्षा प्रणालीको आवश्यकता: प्रचण्ड – EsancharPati
अब नयाँ शिक्षा प्रणालीको आवश्यकता: प्रचण्ड

अब नयाँ शिक्षा प्रणालीको आवश्यकता: प्रचण्ड

जेठ १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानममन्त्री पुष्पकमल दाहालले कोरोना भाइरस महामारीको सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकता रहेको धारणा व्यक्त गर्नु भएको छ ।

प्रचण्डले आज एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएको पाँचदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको भिडियो संवादमार्फत समुद्घाटन गर्दै कोरोना विरुद्ध मानिसले जित्नेछ भन्ने आशा व्यक्त गर्दै हरेक सङ्कटसँग मानवजाति जुध्नु र सङ्कटबाट पार पाएर परिस्थिति अनुकूल नयाँ सामाजिक, सांस्कृतिक र आर्थिक व्यवस्था अनुकूल हुनु अहिलेको आवश्यकता रहेको औल्याउनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ मानिस निर्माण गर्ने वैज्ञानिक र सांस्कृतिक सबै दृष्टिकोणले शिक्षकहरुको भूमिका महत्वपूर्ण रहँदै आएकामा अहिले यो भूमिकाको आवश्यकता झन् बढेको छ । नयाँ विश्व व्यवस्था र समाजवाद सुहाउँदो शिक्षा प्रणाली स्थापित गर्न शिक्षकहरुले नयाँ सन्देश दिन र परिचालित गर्न प्रशिक्षण एक महत्वपूर्ण पहलकदमी हो ।”

उक्त प्रशिक्षण कार्यक्रममा सहभागी शिक्षकले हरेक नकारात्मकता भित्र मानिसहरुले सकारात्मकताको खोजी गरी विचार र शिक्षा प्रणालीको विकासका ठूलो योगदान दिनसक्ने भएकाले त्यसअनुसारको सन्देश विद्यार्थी र अभिभावकसमक्ष लानु पर्ने तथ्यता सुझाउनुभयो ।

Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares