नेकपा स्थायी कमिटी बैठक स्थगित, कोरोना भाइरस को परीक्षण गरेरमात्र बैठक बस्ने – EsancharPati
नेकपा स्थायी कमिटी बैठक स्थगित, कोरोना भाइरस को परीक्षण गरेरमात्र बैठक बस्ने

नेकपा स्थायी कमिटी बैठक स्थगित, कोरोना भाइरस को परीक्षण गरेरमात्र बैठक बस्ने

काठमाडौं, ३१ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ । बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको बतायियको छ।

पार्टी कार्यालय सचिव ईश्वरी रिजाल अनुसार कोरोना संक्रमण र स्थायी समिति सदस्यको कोरोना परिक्षण बाँकी नै रहेकाले वैठक स्थगित गर्नुपरेको उहाको भनाइ छ। आजको वैठकमा निती तथा कार्यक्रम, बजेट र सीमा समस्याबारे छलफल हुने बताइएको थियो।रिजाल काअनुसार स्थायी कमिटीका ४५ सदस्य सबैको कोरोना भाइरस (कोभिड–१९)को परीक्षण गरेरमात्र बैठक बस्ने छ । अब बस्ने बैठक पार्टी एकता पछिको तेस्रो स्थायी कमिटी बैठक हुने छ । ‘केही सांसद रहेका स्थायी कमिटी सदस्यको कोभिड –१९ परीक्षण गरिएको थियो’ उनले भने, ‘तर केहीको बाँकी रहेकाले परीक्षण गरेर मात्र बैठक बस्ने भएको छ ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares