‘मायाको डुङ्गा’को तयारिमा कौशलराज

‘मायाको डुङ्गा’को तयारिमा कौशलराज

काठमाडौं – गायक कौशल राज खड्का अचेल एल्बम ‘मायाको डुङ्गा’को तयारीमा जुटेका छन् । उनले यो एल्बम चर्चित गीतकार बीबी थापाको एकल शब्द तथा संगीतकार मनोज चौलागाईको एकल संगीतमा ल्याउन लागेका हुन् ।

‘तिम्रो दिल..’, ‘लभर ब्वाई..’, ‘भन छिटो भन…’, ‘चन्दागिरी ..’बोलका ५ गीत रहने एल्बम छिट्टै बजारमा आउँने गायक खड्काले बताए ।

चलचित्र र फुटकर एल्बमका गीतमा समेत जादुमय स्वर भर्दै आएका गायक खड्कको कर्णप्रिय स्वरका कारणले पनि उनलाई चाहने दिन प्रतिदिन बढ्दै छन् ।

काठमाडौ महानगरपालिका ११ नयाँ बानेश्वर निवासी उनी गीत संगीत आफ्नो नसा नसामा रहेको बताउँछन् । उनले छिट्टै सांगीतिक आकाशमा आफ्नो अलग्गै पहिचान बन्ने बताए ।