काठमाडौ पटना बोधगया सिधायातायात सुचारू

काठमाडौ पटना बोधगया सिधायातायात सुचारू

काठमाडौं । राजधानी काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सिधा यातायात सेवा सुचारू भएको छ ।
बिहार राज्यपथ परिवहन निगम र स्वयम्भू मञ्जु श्री यातायात प्रा.लि.को सहकार्यमा काठमाडौदेखि पटना बोधगयासम्म सेवा सञ्चालन भएको हो । बिहीबार माननिय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले संयुक्त रूपमा हरियो झण्डा फहराइबसलाई विधिवत रूपमा गन्तव्यमा पठाइ सेवाको शुभारंभ गरे ।
यसैगरी जनकपुरदेखि पटनाका लागि ३१ गते आइतबारदेखि सिधा बससेवा सुरू हुनेछ । सोही कार्यक्रमको उद्घाटन प्रदेश नं.२ का मूख्यमन्त्री लालबाबु राउतले गर्ने कार्यक्रम रहेको छ ।
स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.ले भारतका नयाँ क्षेत्रमा यातायात सञ्चालन गरे सँगै अनलाइनबाट बस टिकट काट्न सकिने सेवाको समेत सुरूवात गरेको छ । अबदेखि यात्रीहरूले धधध।mबलवगकजचभभथबतबथबत।अयm।लउ मार्फत् अनलाइन टिकट काट्न सक्नेछन् ।
यसैगरी बससेवाको वेबसाइट बससेवा डटकम९धधध।दगककभधब।अयm० तथा बससेवाको मोबाईल एप्स, इसेवाको वेबसाइट तथा मोबाईल एप्लिकेशनबाट समेत टिकट काट्न सकिनेछ । इसेवा एकाउन्ट नभएका यात्रुले आफ्नो टोल छिमेकमा रहेका इसेवाका जोन तथा पोइन्टबाट टिकट काट्न सक्नेछन् । साथै भविष्यमा आइएमइ पे, इप्रभु तथा एनआइसी एसिया बैंकमार्फत् समेत टिकट काट्न सकिनेछ ।