युएईमा तामाङ समाज , युएई को ” एसएमएस धमाका १०१८ हुँदै

युएईमा तामाङ समाज , युएई को ” एसएमएस धमाका १०१८ हुँदै

फलेन्द्र बलम्पाकी मगर / युएई

सन २००५ सालमा युएईमा स्थापना भएको तामाङ समाज , युएई ले। परदेश मै रहेर पनि । विभिन्न भुभागमा छरिएर रहेका तामाङ जाति हरु लाई एकत्रित गर्दै । आफ्नो पहिचान , जातीय परम्परा , धर्म , संस्कृति , चाडपर्व , भाषा , भेषभुषा र रितिरिवाज को । संरक्षण र सम्बर्द्धन गर्दै आइरहेको छ ।
यसै सन्दर्भमा । सन २०१२ देखी आयोजना गर्दै आइरहेको । माई स्कुल स्पोर्ट ( SMS ) अक्षयकोष को स्थापना गरि । विगत सात वर्ष देखि प्रत्येक वर्ष । नेपालको विभिन्न जिल्लाहरूमा रहेका सामुदायिक विद्यालय हरु को शैक्षिक गुणस्तर लाई सुधार गर्दै । भौतिक पुर्वाधार विकासका लागि हरेक वर्ष आर्थिक रकम सहयोग गर्दै आइरहेको छ ।
जसमध्ये ६ वटा विद्यालय हरु लाई आर्थिक रकम प्रदान गरिसकिएको छ।
सन २०१२ मा श्री जगेश्वरी मावि , काभ्रे ।
२०१३ मा श्री घ्युल देवि निमावि , सिन्धुपाल्चोक ।
२०१४ मा श्री जनहित राष्ट्रिय प्रावि , चितवन ।
२०१५ मा श्री सातकन्या प्रावी , सिन्धुपाल्चोक ।
२०१६ मा श्री दुप्चेश्वर निमावी , रसुवा ।
२०१७ मा श्री कन्या देवी निमावि , धादिङ ।
यस अक्षयकोष लाई अझ सशक्त र अभिमुखिकरण बनाउन। सन २०१७ देखि नेपाल बाट विभिन्न विधा का कलाकार ल्याइ । ” एसएमएस धमाका नामक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।
यस वर्ष पनि ” एसएमएस धमाका२०१८ ” लाई निरन्तरता दिदै । यही आउदो सेप्टेम्बर १४ तारीख मध्यपुर्वको विकसित शहर दुबई को देइरा स्थित । रिटच कार्लटन टावर होटेलमा । एसएमएस धमाका २०१८ को आयोजनाको कार्यक्रमको तयारी पुरा भैसकेको जानकारी । तामाङ समाज , युएईका उपाध्यक्ष सुरेन्द्र थिङ तामाङले ईसंचारपाटी टिम का संवाददाता लाई जानकारी गराउनु भयो।