ओम हस्पिटलको अध्यक्षमा उद्धब पौडेल चयन

ओम हस्पिटलको अध्यक्षमा उद्धब पौडेल चयन

काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको अध्यक्ष पदमा उद्धब पौडेल सर्वसम्मत रुपले चयन भएका छन् । हस्पिटलको हिजो साँझ सम्पन्न सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष पदमा चयन गरेको हो ।

पौडेल नेपालको चलचित्र क्षेत्रमा चार दशकदेखि सक्रिय छन्, उनी सरकारद्वारा पहिलो लाइफ टाइम अचिभमेन्ट प्राप्त र विशिष्ट चलचित्रकर्मीबाट विभूषित समेत छन् । हस्पिटलको अध्यक्ष चयन भएपछि पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा विशिष्ट स्थान बनाएको ओम हस्पिटललाई देशको नमुनालायक हस्पिटल बनाउन आगामी दिनमा जनस्वास्थ्यलाई ध्यान दिई उच्च प्रविधि भित्र्याउने, चिकित्सकको क्षमता वृद्धि र सेवा प्रवाहमा थप प्रभावकारी कार्यक्रम ल्याउने, भौतिक संरचनाको विकास गर्ने, गरिब र असहायलाई सहुलियत र नि:शुल्क उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।