नेपालमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १०९ पुग्यो – EsancharPati
नेपालमा थप ७ जनामा कोरोना  संक्रमण, संक्रमित संख्या १०९ पुग्यो

नेपालमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १०९ पुग्यो

काठमाडौं,२७ वैशाख । नेपालमा थप७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उदयपुरको भुल्केका ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जनामा संक्रमण पुष्टि भएको हो ।

उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।उनीहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्राले जनाएको छ ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares