नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १०२, निको हुनेको संख्या ३० पुग्यो – EsancharPati
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १०२, निको हुनेको संख्या ३० पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १०२, निको हुनेको संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमितमा १६ वर्षीया पुरुष रहेको बतायियको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार कुल संक्रमित मध्ये निको हुनेको संख्या ३० जना पुगेको छ । उनका अनुसार कोशी अस्पतालमा उपचारत ८ जना निको भएर शुक्रबार डिस्चार्ज भएपछि नेपालमा कोरोना निको हुनेको संख्या ३० पुगेको हो ।

डा देवेकाटाका अनुसार पीसीआर विधिबाट हालसम्म १५ हजार ४ सय ९२ वटा नमूना परीक्षण गरिएको छ र आरडीटी विधिबाट ५४ हजार ५ सय ३१ वटा नमूना परीक्षण भएको बतायका छन। ।

Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares