युएईमा हरितालिका तीज धमाका-२०१८ सम्पन्न “

युएईमा हरितालिका तीज धमाका-२०१८ सम्पन्न “

फलेन्द्र बलम्पाकी मगर / युएई

नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीज पर्वको उपलक्ष्यमा । मध्य पुर्वको विकसित शहर दुबईमा ” संयुक्त तीज धमाका -२०१८ ” गत शुक्रबार को दिन डलसको हल अलकुज मा भव्यताका साथ सप्पन्न भएको छ। युएईमा रहेर आफुलाई निक्कै प्रबुद्ध र बौद्धिक ठान्ने । विभिन्न अबौद्धिक तथा असामाजिक तत्व हरु को विभिन्न अलोकतान्त्रिक क्रियाकलाप हुँदै गर्दा पनि । ५ दर्जन भन्दा बढी रहेका सामाजिक संघ संस्था हरु को एकतालाई तोड्न असफल रहे। त्यस्ता अनैतिक तथा अमर्यादित गतिविधिका बाबजुद का विच पनि कार्यक्रम सफल रहयो। एकता नै बल हो भन्ने सन्देशको पनि उजागर गर्न सफल भए । त्यसताखाले गैर कु गतिविधिले कार्यक्रम सम्पादनमा केही अप्रत्यक्ष प्रभाव पारे पनि कार्यक्रम सफल रह्यो । कार्यक्रमको समुदघाटन उपस्थित सबै संघ संस्था का प्रतिनिधि र आमन्त्रित अतिथि हरु ले संयुक्तरूपमा पानसमा बत्ती बालेर उदघाटन गरेका थिए ।

कार्यक्रमको अध्यक्षता नेपाली समाज, युएईका अध्यक्ष तथा कार्यक्रम संयोजक चन्द्र प्रसाद सापकोटाले गर्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथि नेपाल बिजनेस काउन्सिल का कोषाध्यक्ष एकेन्द्र थापाले गरेका थिए। युएईमा रहेका सबै जात धर्म भाषा भाषी लाई एकताको सुत्र मा बाध्न नेपाली समाज युएई को मुल उदेश्य रहेको कुरा अध्यक्ष सापकोटाले आफ्नो मन्तव्य को क्रममा राख्नु भयो । त्यसैगरी अर्का विशेष अतिथि । नेपाल आदिवासी जनजाती महासंघ , युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाले । खस , आर्य र ब्राह्मण जातीलाई जनैजातिको अर्को उपनाम दिदै , जनजाती र जनैजाती विचको दुरि लाइ दुर गर्नुपर्नेमा जोड दिनुभयो ।

युएईका नेपालीहरुको सबै भन्दा पुरानो संस्थाको रुपमा चिनिने नेपाली समाज युएईको संयोजनमा भएको उक्त कार्यक्रममा । नेपाल आदिवासी जनजाति महासंघ, युएई , एनआरएनए , युएई , काभ्रे सेवा समाज युएई , सर्लाही सेवा समाज , युएई , नेपाल विश्व सहयोग संघ , युएई ,। नेप्लिज सोसल क्लब , युएई , तामाङ समाज , युएई , पर्वत सेवा समाज युएई , पाल्पाली समाज , युएई , झापाली समाज , युएई नेपाली संघीय समाज , युएई । मितेरी समाज , युएई र धादिङ समाज , युएई लगायत अनुमानित ५ दर्जन भन्दा बढी क्रियाशील संघ , संस्था । जातिय संस्था । जिल्लागत संघसंस्था । सामाजिक तथा राजनैतिक भातृ संघ संस्थाहरुको सहभागिता रहेको थियोे ।

उक्त कार्यक्रममा नेपालबाट आउनु भएका अतिथि ख्याती प्राप्त कलाकार सेलो गायक रोज मोक्तानले । आफ्ना चर्चित तथा सुमधुर गीत हरु हेलम्बुको बजारमा …..हिउँ पर्यो फुरुरु मैच्याङ गीत हरु पस्केर उपस्थित दर्शक दिर्घा लाई निक्कै मनोरंजन दिन सफल भए। अर्का लोक गायक खुमन अधिकारीले सिताराम बा …..चुरिया छाइ छाइ ….बोलको गीत प्रस्तुत गर्दा दर्शक हरु ले पनि साथ साथै गाएर उनलाई साथ दिए । अर्कि लोक गायिका रमिला न्यौपानेले तीजका अति मिठास लाग्दा गीत हरु गाउदा। उपस्थित महिला दिदिबहिनी हरु झुमेर नाचेका थिए। कार्यक्रममा आउन जान का लागि बर दुबई बाट नि:शुल्क यातायात सेवाको समेत व्यवस्था गरिएको थियोे ।

कार्यक्रम बाट उठेको आर्थिक रकम सामाजिक कार्यमा नै खर्च गरिने कुराको जानकारी । कार्यक्रम मुल सम्पादन समितिका सदस्य सचीव गोविन्द ढकालले जानकारी दिनुभयो । विभिन्न पेशा , व्यवसाय र सामाजिक कार्य गरेर आफ्नो कर्म थलो बनाइ बसेका । लाखौं नेपाली हरु लाई एकताको सुत्रधारमा बाधी। सबै जातजातिको धर्म , परम्परा , रितिरिवाज , भाषा , भेषभुषा , चाडपर्व र संस्कृति लाई जगेर्ना गर्ने उदेश्य रहेको पनि जानकारी गराउनु भयो ।