लकडाउन लम्बिने, निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै – EsancharPati
लकडाउन लम्बिने, निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

लकडाउन लम्बिने, निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं२४ वैशाख । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्न अहिले मन्त्रिपरिषद बैठक बस्दै छ । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सरकारलाई सुझाव दिएपछि आवश्यक निर्णय गर्न आज मन्त्रिपरिषदको बैठक बस्न लगेको हो।

आज वि,हान ११ बजेका लागि मन्त्रिपरिषद बैठक आह्वान गरिएको हो ।सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउन जारी छ । पछिल्लो पटक थपिएको लकडाउनको समयावधि बिहीबार मध्यरातिदेखि सकिँदैछ । यसअघि सोमबार बसेको समितिको बैठकमा जनजीवन कसरी सामान्य बनाउने भन्ने विषयमा छलफल भएको थियो ।डेढ महिनाको अवधिमा कोरोना संक्रमित ८२ जना पुगिसकेका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएको हुँदा लकडाउनलाई पनि निरन्तरता दिइने निर्णयमा समिति पुगेको हो ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares