भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ सय २३ ,संक्रमितको संख्या २४ हजार नाघ्यो – EsancharPati
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ सय २३ ,संक्रमितको संख्या २४ हजार नाघ्यो

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ सय २३ ,संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं,१३ वैशाख । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ सय २३ पुगेको छ । भाइरसबाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५०३ पुगेको छ । भारतमा भेटिएका संक्रमितमध्ये १११ जना विदेशी छन् ।

कोरोना भाइरसको कारण दक्षिण एसियामा सबैभन्दा प्रभावित बनेको भारतको महाराष्ट्रमा सबैभन्दा धेरै दुई सय ८३ जना मानिसको यसको कारण मृत्यु भइसकेको छ । यो राज्यमा मात्र ६ हजार चार सयभन्दा धेरै संक्रमित छन् ।

त्यस्तै गुजरातमा दुई हजार ८१५ जनामा संक्रमण पुष्टि भएको छ भने दिल्लीमा दुई हजार ५१४ पुगेको छ ।भारतमा अहिलेसम्म पाँच हजार ६३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Share This
  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares