चौतर्फी दबाव पछि अध्यादेश फिर्ता लिने प्रधानमन्त्रीको तयारी – EsancharPati
चौतर्फी दबाव पछि अध्यादेश फिर्ता लिने प्रधानमन्त्रीको तयारी

चौतर्फी दबाव पछि अध्यादेश फिर्ता लिने प्रधानमन्त्रीको तयारी

काठमाडौं : चौतर्फी विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता गर्ने मुडमा पुगेका छन् । बिहीबार बिहान नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहासँगको भेटमा उनले अध्यादेशले सर्वत्र विवाद उत्पन्न गरेको भन्दै आफू फिर्ता लिन तयार भएको जनाऊ दिएका हुन् ।

आफूले प्रयोग गरेको अस्त्रले काम नगर्ने भएपछि फिर्ता लिने मुडमा उनी पुगेका हुन् ।  राजपा र समाजवादी पार्टी फुट्नुको साटो एक भइ सबल प्रतिपक्षको भूमिका खेल्ने निर्णय एकातिर गर्नु, अर्कोतिर नेकपाभित्रै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गुटबन्दी बढ्न थालेपछि ओली पूर्वनिर्णयबाट पछि हट्न लागेको बताइएको छ ।

यस्तै, पार्टीको स्थायी समितिको आपतकालीन बैठक बोलाउनसमेत माग हुन थालेको छ । यसले पनि ओलीलाई थप अप्ठेरो पारेको हो । 
 

त्यस्तै, बालुवाटारमा भएको छलफलमा प्रचण्डले शुक्रबार बिहान ९ बजे स्थायी कमिटिी बैठक बोलाउनैपर्ने अडान लिएपछि पनि ओलीले अध्यादेश फिर्ता लिने विल्कप रोजेका भन्नेहरु पनि छन् । यता, स्वीकृत भइसकेको अध्यादेश फिर्ताका लागि कसरी अघि बढ्ने भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कानुनविद्हरुसँग छलफल सुरु गरेकी छन् ।

संविधानको धारा ११४ को उपधारा २ ’ख’ मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ । 

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares