कोरोना विरुद्ध एक हुनुपर्ने अन्यथा विश्वभर भोकमरीको दर दोब्बरले बढ्ने: डब्ल्यूएफपी – EsancharPati
कोरोना विरुद्ध एक हुनुपर्ने अन्यथा विश्वभर भोकमरीको दर दोब्बरले बढ्ने: डब्ल्यूएफपी

कोरोना विरुद्ध एक हुनुपर्ने अन्यथा विश्वभर भोकमरीको दर दोब्बरले बढ्ने: डब्ल्यूएफपी

बैशाख ११ । संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कोरोना भाइरसको महामारीले विश्वभर भोकमरीको दर दोब्बरले बढ्ने छ । सन् २०२० को अन्त्यसम्ममा विश्वभर एक अर्ब भन्दा बढी मानिसहरु भोकमरीको चपेटामा पर्ने चेतावनी प्रतिवेदनमा उल्लेख छ ।

कोरोना भाइरसको उर्लदो महामारीलाई छिटो भन्दा छिटो नियन्त्रण गर्न नसके मध्यम आय भएका मुलुकहरुमा भोकमरीको संख्या बढेर २६ करोड ५० लाख पुग्न पनि जनाएको छ । हाल विश्वभर रहेका ५५ वटा मुलुकमा १३ करोड ५० लाख मानिसहरु मुख्य रूपमा गृहयुद्ध, जलवायु परिवर्तनको प्रभाव र आर्थिक संकटका कारण तीब्र भोकरीको सामना गरिरहेका छन् । डब्ल्यूएफपीले खासगरी अफ्रिका र मध्यपूर्वका देशहरूमा बसोबास गर्ने नागरिकहरु तीब्र भोकमरीको चपेटामा पर्ने जनाएको हो । द्वन्द्वरत क्षेत्रमा रहेका उत्तरपूर्वी नाइजेरिया, दक्षिण सुडान, सिरिया, इरान, इराक, लेबनान, यमनलगायत देशहरू भोकमरी तीब्र चपेटाना पर्ने छन् भने ती देशहरुले गम्भीर आर्थिक संकटको सामना गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा यो पनि भनिएको छ कि कोरोना भाइरस संक्रमणले महामारीको रुपमा लिएसँगै प्रायः सबै देशहरु लकडाउनमा गएको कारण मानिसहरुले आफ्नो जीविका र आय गुमाइरहेका तथा आपूर्ति व्यवस्थामा समस्था उत्पन्न भएकाले खाद्य संकट दोब्बरले सामना गर्नुपर्ने छ । यस्तै, भोकमरीसँग लडन सन् २०२० मा लागि कम्तिमा १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान पनि गरेको छ । यो रकम महामारीको प्रभावमा निर्भर हुने जनाएको छ । साथै, अहिलेको लागि १.९ अर्ब अमेरिकी डलर आवश्यक रहेको पनि जनाएको छ । यसर्थ पनि सम्पूर्ण विश्व एक भएर कोरोना विरुद्ध एक भएर लड्नु बुद्धिमानी देखिन्छ ।

Share This
  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares