विभिन्न भागमा वर्षा, हुरीबतास र असिना पर्ने, पूर्वतिर चट्याङको सम्भावना – EsancharPati
विभिन्न भागमा वर्षा, हुरीबतास र असिना पर्ने, पूर्वतिर चट्याङको सम्भावना

विभिन्न भागमा वर्षा, हुरीबतास र असिना पर्ने, पूर्वतिर चट्याङको सम्भावना

बैशाख ९ । आज काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न ठाउँमा मेघ गर्जन र हुरीबतास सहित पानी परिरहेको छ ।

देशका प्राय भेगहरुमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम अझै डेढ घण्टा चल्ने मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।

बासीका अनुसार यो बादल अहिले उत्तर पूर्वतिर सरिरहेको छ । यसकै कारण पूर्वतिर पनि चट्याङ, हुरीबतास र असिना पर्ने भएकाले सावधानी अपनाउन उहाँको सुझाव छ ।

अहिले पानी परिरहेको ठाउँमा अझै केहि बेर पानी पर्ने संभावना छ । आज देशभरीकै मौसम आंशिकदेखि सामान्य बदली भई केहि ठाउँमा मेघगर्जन, हावाहुरी र कतै कतै असिना सहित पानी पर्ने सम्भावना रहेका उहाँले बताउनुभयो ।

प्रि-मनसुनी गतिविधि सक्रिय भएकाले पर्सि बिहिबारसम्म नै देशभरीको मौसम आंशिक देखि सामान्य बदली भई केहि ठाउँमा मेघगर्जन हुरीबताससहित असिना पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares