लकडाउनले केहि अफ्ट्यारो भए फोन गर्नुस् : नेकपा – EsancharPati
लकडाउनले   केहि अफ्ट्यारो भए फोन गर्नुस् : नेकपा

लकडाउनले केहि अफ्ट्यारो भए फोन गर्नुस् : नेकपा

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लकडाउनका कारण खानबस्नको समस्याले काठमाडौं नछाड्न आग्रह गरेको छ । ‘लकडाउन’को समयमा काठमाडौँभित्र कुनै समस्यामा परे आवश्यक सहयोग उपलब्ध गराउन जिल्लाका अध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यको टेलिफोन नम्बरसमेत उपलब्ध गराएको छ। नेकपाको काठमाडौं जिल्ला कमिटीले एक अपिल जारी गर्दै श्रमिकहरुलाई यथास्थानमा बस्न आग्रह गरेको हो ।

खान र बस्नको समस्याले कसैले काठमाडौं छोड्नुपर्ने अवस्था नआउने नेकपा काठमाडौं जिल्ला कार्यालयको अपिलमा जनायएको छ ।‘तपाई रहनु भएको वडाका जनप्रतिनिधि, मेयर, उपमेयर, जिल्ला समन्वयका प्रमुख, उपप्रमुख, सदस्य, प्रदेश तथा संघीय सांसदहरुको सम्पर्कमा पुग्नुहोस्, अपिलमा भनिएको छ, ‘तपाईको समस्या समाधान हुनेछ ।

आवश्यक परेमा नेकपाको जिल्ला, नगर र वडा कमिटीहरु हरदम समन्वय गर्न तयार छ । अफ्ट्यारोमा परेकालाई सहयोग गर्न काठमाडौं जिल्ला कमिटीका सदस्यहरुको नाम र टेलिफोन नम्बरसमेत उपलव्ध गराइएको छ ।काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्माले जारी गरेको विज्ञप्तिमा सामाजिक दूरी काम गर्दै लकडाउनको पूर्ण पालना गर्न र कुनै अफवाको पछी नलाग्नसमेत अपिल गरिएको छ ।

समस्यामा परेकाले आवश्यक सम्पर्क गर्नसमेत आग्रह गरिएको छ । नेकपाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राई, नेताहरु रामशरण ढुङ्गाना, सरिता न्यौपाने, मधुसुदन तण्डुकार, महेश्वर फुयाँल र ईश्वर सापकोटालाई समस्यामा परेकाले सम्पर्क गर्न भनेको छ।

Share This
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares