YFIN नेपाल शाखा युएई द्वारा , राहत वितरण – EsancharPati
YFIN नेपाल शाखा युएई द्वारा , राहत वितरण

YFIN नेपाल शाखा युएई द्वारा , राहत वितरण

फलेन्द्र बलम्पाकी मगर / युएई संवाददाता

विश्वव्यापीकरणको चरम शिखरमा पुगेको ( COVID-19 ) कोरोना भाइस ले विश्व त्रसित छ । सबै राष्ट्र हरु ले यो भाइरस नियन्त्रणका लागि सामनाम दन्ड भेद सबै कुराको प्रयोग गरिरहेका छन । सबै राष्ट्र हरु ले अनिश्चितकालीन लकडाउन घोषित गरे सँगै , आवागमनमा समेत रोक पुर्णतया रोक लगाइएको छ । विभिन्न देशका व्यापारी , कलाकार , संचारकर्मी , बौद्धिक व्यक्तित्व , राष्ट्र सेवक कर्मचारी , सर्वसाधारण लगायत देश बिदेश मा स्थापित श्रम संगठन हरु जातीय र वर्गीय संघ संगठन हरु ले विभिन्न चराण मा । दैनिक ज्याला मजदुरी गरेर आफ्नो परिवार चलाइरहेका श्रमजीवी वर्ग हरु बढी मात्रामा प्रभावित छन ।

रोग लागेर भन्दा पनि भोकले स्थिति अझै भयावह हुने हो कि भन्ने डर र त्रासले । बिदेशमा रहेका आफ्ना कुटनैतिक नियोग र श्रम संगठन हरु ले उद्धार र राहतका काम हरु गरिरहेका छन । NRNA , UAE का उपाध्यक्ष पासाङ रिन्जी शेर्पा को अगुवाइमा युएईमा । के कति जना नेपाली हरु प्रभावित छन र कस्तो अवस्थामा छन भनेर डाटा संकलन गर्ने काम पनि भैरहेको छ । त्यहीँ डाटाको आधारमा हालसालै युएईमा दिपक थापा मगरको नेतृत्व मा गठित । नेपाल आदिवासी जनजाति युवा महासंघ नेपाल शाखा , युएईले । महासचिव गोपाल श्रेष्ठ को संयोजकत्वमा नेपाली हरु कार्यरत युएईका विभिन्न स्थानमा गएर तत्काल दैनिक उपभोग्य राहत सामग्री हरु १०० किलो चामल , २० किलो दाल , २० किलो आलु , १० किलो प्याज , १० पोका नुन, ६० पोका बिस्कुट , मर-मसलाहरु १० किलो लगायत अन्य सरसामग्री आज वितरण गरेको हो ।

Share This
  • 249
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    249
    Shares