चीनमा कोरोना संक्रमितको संख्यामा फेरी वृद्धि – EsancharPati
चीनमा कोरोना संक्रमितको संख्यामा फेरी वृद्धि

चीनमा कोरोना संक्रमितको संख्यामा फेरी वृद्धि

चिनमा २४ घण्टामा कोरोनाभाइरसको ६२ नयाँ संक्रमित भेटिएको छ । लकडाउन मुक्त गरिएको भयतापनी दिनप्रतिदिन संक्रमित थपिदै गएको देखिन्छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पछिल्लो यस सम्बन्धी जानकारी दिएको । करीव १ सय ३७ व्यक्ति भेटिएको जसमा कुनै स्पष्ट लक्षण नदेखिएको जानकारी दिएको छ । यो अघिल्लो दिनको तुलनामा बढि हो । सोमबार कोरोनाभाइरस संक्रमितको संख्या ३२ मात्रै थियो र स्पष्ट लक्षण नदेखिएका व्यक्ति ३० मात्रै थिए । चीनमा मंगलबार कोरोनाभाइरसका कारण दुईजनाको मृत्यु भएको छ जबकी सोमबार पहिलो पटक कसैको पनि मृत्यु भएन । सांघाईमा एकजनाको मृत्यु भयो भने अर्को हुबेई प्रान्तमा भयो । ऊहान शहर हुबेई प्रान्तमा नै छ जहाँ पहिलो पटक कोरोनाभाइरसको संक्रमण देखिएको थियो । स्वास्थ्य विधहरुको भनाइ अनुसार हाल देखापरेको कोरोना भाइरसको लक्षण देखिन्छ तर अहिले फेरी कोरोना भाइरसको नयाँ प्रारुप देखिएको छ जसमा कोरोना भाइरसको लक्षण नै नदेखिकन मानव शरीरमा आक्रमण गर्छ र यो झन अत्यन्तै खतरापूर्ण रहेको छ ।

Share This
  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares