कोरोना विरुद्ध सरकारको कदम प्रभावकारी: कमल थापा – EsancharPati
कोरोना विरुद्ध सरकारको कदम प्रभावकारी: कमल थापा

कोरोना विरुद्ध सरकारको कदम प्रभावकारी: कमल थापा

काठमाडौं, चैत्र २५ । सरकारले कोरोनाको महारमारी विरुद्ध लड्न चालेको कदम ठीक भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको ट्विट गरेका छन । आज प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि उनले प्रधानमन्त्रीको सम्बोधनले सबै विषयलाई समेटेको समेत बताए।
उनले लेखेका छन्, । ‘सरकारले काम गर्ने विषयमा अझै समन्वय कमजोर रहेको र चेन अफ कमान्ड मिलेको छैन र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुनें, सबै विषय समेटिएका छन्। कोराना महामारी बिरुद्ध सरकारको नीति कदम ठिक छ। सम्बोधन अनुसार काम पनि होस् ।’ अध्यक्ष थापाले सरकारका राम्रा निर्णयलाई जनताले साथ दिएको बताउँदै राम्रा काम गरे आगामी दिनमा पनि साथ दिने बताए। ‘अपवाद बाहेक सरकारको निर्णयक कदमलाई जनताले साथ दिएका छन्, भोलि पनि दिनेछन्। राम्रो काम होस् जनताले साथ दिनेछन् ।’

Share This
  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares