महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर – EsancharPati
महाप्रसाद अधिकारी बने  नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर

महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर

काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई नयाँ गभर्नरमा नियुक्त गरेको हो।

अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले पूर्व अर्थसचिव राजन खनाल, पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी र डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नाम आगामी गभर्नरको लागि सिफारिस गरेको थियाे।राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर अधिकारी हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् ।

राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ ।उनी यसअघि डा. चिरञ्जीवि नेपालसँगै गभर्नरमा सिफारिस भएका थिए । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले उनलाई सिफारिस गरे पनि सुशील कोइराला नेतृत्वको सरकारले नेपाललाई गभर्नर नियुक्त गरेको थियो ।

Share This
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares