अमेरिकामा ५०० बढि नेपालीलाई कोरोना संक्रमण, एकको मृत्यु, २को मृत्यु को कारण कोरोना को आशंका – EsancharPati
अमेरिकामा ५०० बढि नेपालीलाई कोरोना  संक्रमण, एकको मृत्यु, २को मृत्यु को कारण  कोरोना को आशंका

अमेरिकामा ५०० बढि नेपालीलाई कोरोना संक्रमण, एकको मृत्यु, २को मृत्यु को कारण कोरोना को आशंका

काठमाडौं –  अमेरिकामा बसोबास गर्दै आएका ५०० नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी कोरोना भाइरसबाट संक्रमित भएको बताइएको छ्।

अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ भने न्युयोर्क राज्यमा दुई नेपालीको मृत्यु को कारण खुलाइएको छैन। उनिहरु मुस्ताङ घर भई सन्नीसाइडमा बस्दै आएका थोक्मे बिष्ट र मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामा रहेका छन्।न्युयोर्कमा कोरोना भाइरसको महामारी फैलिएका कारण उनको पनि मृत्यु कोरोनाकै कारण भएको आशंका गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष डा.केशव पौडेलका अनुसार   करिब ५०० नेपाली कोरोना भाइरसको सङ्क्रमित भएका र तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।यद्यपि संक्रमितको संख्याबारे स्वतन्त्ररुपमा पुष्टि नभएपनि एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले पनि अनौपचारिक तथ्याङ्क सङ्कलनका क्रममा  ५०० जना जति नेपाली तथा नेपाली मूलका मानिसहरु कोरोना भाइरसको सङ्क्रमित भएको बताएका छन् ।

Share This
  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares