रसुवागढी र तातोपानी नाका खोल्न चीनको आनाकानी – EsancharPati
रसुवागढी र तातोपानी नाका खोल्न चीनको आनाकानी

रसुवागढी र तातोपानी नाका खोल्न चीनको आनाकानी

काठमाडौं, २३ चैत । चीनतर्फको व्यापारिक नाका खुला गर्ने निर्णय सरकारले चैत १२ गते गरेको थियो । तर नेपालमा कोरोना संक्रमण फैलन थालेको भन्दै चिनियाँ पक्षले नेपालसँगको व्यापारिक नाका सञ्चालन गर्न आनाकानी गरेको छ । नेपालको कारण चीनमा कोरोना फैलन सक्ने भन्दै चिनियाँ अधिकारीहरु सशंकित बनेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । नाका सञ्चालनको तयारी अन्तिम अवस्थामा पुर्‍याउँदै गर्दा चीनको नयाँ नीतिअनुसार तत्काल नाका सञ्चालन हुननसक्ने जानकारी केरुङ प्रशासनले गराएको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।
माल वस्तु आयात निर्यातसँगै मानिसको ओहोर-दोहोर हुने र त्यसले संक्रमणको जोखिम बढाउने चिन्ता चिनियाँ पक्षलाई भएसङै नाका सञ्चालन गर्नेबारे कूटनीतिक तवरमा निर्देशन हुनुपर्ने जानकारी चिनियाँ पक्षले गराएको उनले बताए ।
नेपालकै कारण कोरोना फैलिने डरले चिनियाँ पक्ष नाका सञ्चालन गर्नेबारे अनिच्छुक देखिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले समेत बताउनुभयो ।

Share This
  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares