कोरोना भाइरसले छुन नसकेका करीब ५० मुलुक – EsancharPati
कोरोना भाइरसले छुन नसकेका करीब ५०  मुलुक

कोरोना भाइरसले छुन नसकेका करीब ५० मुलुक

विश्वभर महामारिको रुप लिएको कोरोना भाइरसले समग्र विश्वलाई इन्तुचिन्तु बनाइराखेको छ । यद्यपि यही विश्वमा यस्ता मुलुकहरु छन जहाँ हालसम्म कोरोना भाइरसको संक्रमण पुगेको पुष्टि भएको छैन । एशिया, अफ्रिकी प्रशान्त क्षेत्रमा यस्ता मुलुकको संख्या ५० हाराहारिमा छ ।

एसिया तर्फ उत्तर कोरिया, यमन, तुर्कमेनिस्तान, सिरिया, पूर्वी टिमोर, लाओस, ताजिकिस्तान, म्यानमार हुन् भने अफ्रिकी मुलुकमा बोत्सवाना, बुरुण्डी, केप भर्दे, चाड, कोमोरोस, जिबौटी, इरेट्रिया, गिनी बिसाउ, लेसोथो, लिबिया, मदागस्कर, मलावी, माली, मौरिसस, मोजाम्बिक, साओ टोमे एण्ड प्रिन्सिपे, सिएरा लियोन, निजेर, जाम्बिया, युगान्डा र जिम्बाब्वे हुन । कमजोर स्वास्थय सेवा, चरम गरिबी र चिकित्सकहरुको चरम अभाव रहेका कारण अफ्रिकी महादेशमा कोरोना भाइरस फैलिएमा अकल्पनीय क्षति निम्तिने सक्ने खतरा छ ।

उता प्रशान्त क्षेत्रका मुलुकहरु फिजी, किरिबाटी, मार्शल टापु, संघीकृत राज्य माइक्रोनेशिया, नउरु, पलाउ, पपुवा न्यूगिनी, सामोआ, अमेरिकन सामोआ, न्यू कलेडोनिया, सोलोमोन टापु, टोङ्गा, टुभालू र भानुआतुमा अझै पनि कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छैन । यद्यपि कोरोनाले विश्वव्यापी रुपमा डडेलो झै फैलिरहेको हुदा ढुक्क भएर बस्ने अवस्था भने पक्कै छैन ।

Share This
  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares