स्वास्थ्य मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी – EsancharPati
स्वास्थ्य मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । चीनबाट औषधी तथा मेडिकल सामाग्री खरिद काण्डमा मुछिएका स्वास्थ्यमन्त्री ढकालविरुद्ध विवेशील नेपाली दलका बाग्मती प्रदेशसभा सांसद रमेश पौडेलले अख्तियारमा उजुरी हालेका हुन् ।

बजार भाउभन्दा ४ गुणा महंगोमा स्वास्थ्य सामाग्री खरिद गरिएको बिषयमा केही दिनदेखि उनको चौतर्फी विरोध र आलोचना हुँदै आइरहेको छ । उक्त सामाग्री ल्याउनका लागि पहिला टेण्डर गरिएकोमा रातारात रद्ध गरेर आफूनिकटका ब्यवसायीलाई सामान ल्याउने जिम्मा दिइएको थियो ।

अहिले विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको ७५ हजार थान र्‍यापिड टेस्टिङ किट गुणस्तरीय नभएको भन्दै प्रयोग गर्न सरकार आफैले निषेध गरेको छ । सामान ल्याउने कम्पनी समेत उद्योग बिभागमा दर्ता नरहेको बुझिएको छ ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले उजुरी परेको स्वीकार गर्दै उजुरीमाथि छानविन भइरहेको जानकारी दिए । यद्यपि उक्त बहालवाला स्वास्थ्यमन्त्री ढकालमाथि छानविन हुनेमा आशंका उब्जिएको छ । उक्त प्रकरण विवादास्पद भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो राखिएको बुझिएको छ ।

Share This
  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares