७दिन लकडाउन थप्न उच्चस्तरीय समितिको सिफारिस – EsancharPati
७दिन लकडाउन थप्न उच्चस्तरीय समितिको सिफारिस

७दिन लकडाउन थप्न उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, १६ चैत । नोवेल कोरोना भाइरस ( कोभिड–१९ ) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ ।

उच्चस्तरीय बैठकमा लकडाउनको आज छैटौ दिनसम्मको समीक्षा, कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारका तर्फबाट भईरहेका प्रयास, खाद्यान्न, इन्धन, तरकारी लगायत दैनिक उपभोग्य सामग्रीहरु सर्वसाधारणमा पुर्याउने सम्बन्धमा गरिने व्यबस्थालगायतका विषयमा छलफल भएको थियो ।आजै अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे आवश्यक निर्णय गर्ने छ ।

नेपालमा दोस्रो व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि चैत्र ११ गते विहान ६ बजेदेखि लागु हुनेगरी चैत्र १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय भएको थियो ।

संक्रमण फैलन नदिनका लागि लकडाउनलाई उपयुक्त विकल्प मानिएको छ । छिमेकी मुलुक भारतमा समेत २१ दिन लामो लक डाउनको घोषणा केही दिन अघि गरिएको थियो ।

यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। सरकारले यो सिफारिस अनुमोदन गरेसँगै चैत २५ गतेसम्मका लागि मुलुक लकडाउन हुनेछ।

Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares