नेपालमा भेटिए ,कोरोना भाइरसको पाँचौं संक्रमित – EsancharPati
नेपालमा भेटिए ,कोरोना भाइरसको पाँचौं संक्रमित

नेपालमा भेटिए ,कोरोना भाइरसको पाँचौं संक्रमित

काठमाडौं– नेपालमा पाँचौं व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बेल्जियमबाट नेपाली आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ती युवती चैत ४ गते बेल्जियमबाट कतार ट्रान्जिट हुँदै नेपाल आइपुगेकी हुन् ।

यसअघि शुक्रवार धनगढीस्थित सेती प्रदेश अस्पतालमा भर्ना भएका एक युवालाई कोरोना संक्रमण देखिएको थियो भने ४ दिनअघि युएईबाट आएका धादिङका अर्का युवामा पनि संक्रमण देखिएको थियो ।त्यो भन्दा अघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा संक्रमण देखिएको थियो । 

नेपालमा कोरोना संक्रमण देखिएका पहिला युवा भने चीनको वुहानबाट आएका थिए । उनलाई जनवरीको तेस्रो साता परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । उनी अहिले निको भइसकेका छन् ।

Share This
  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares