वन्यजन्तु तस्कर र सेनाबीच दोहोरो गोली हानाहान, एक जना तस्करको मृत्यु – EsancharPati
वन्यजन्तु तस्कर र सेनाबीच  दोहोरो    गोली हानाहान, एक जना तस्करको मृत्यु

वन्यजन्तु तस्कर र सेनाबीच दोहोरो गोली हानाहान, एक जना तस्करको मृत्यु

वीरगञ्ज । राष्ट्रिय निकुञ्ज पर्सामा वन्यजन्तु तस्कर र सेनाबीच गोली हानाहान हुँदा एक जना तस्करको मृत्यु भएको छ । शुक्रबार बिहान गस्तीमा निस्किएको सेना र तस्करहरुबीच जम्का भेटा हुँदा तस्करको समूहले सेनामाथि गोली प्रहार गरेपछि सेनाले आत्मरक्षाका लागि गोली प्रहार गरेको थियो ।

सो क्रममा एक जना तस्करको मृत्यु भएता पनि पहिचान नखुलेको बताइएको छ । साथै सेनाले एक जना मकवानपुर घर भएका तस्कर मोहन सिङ दोङलाई पक्राउ गरेको छ । सेनाले दुई थान बन्दुक, बारुद र धारिलो हतियारलगायतको सामाग्री समेत बरामद गरेको वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

तस्कर र सेनाबीच गोली हानाहान हुँदा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्यालको घाइते भएको र उनको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको बताइएको छ । 

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares