तरकारी र फलफूलको मूल्य आकाशीयो – EsancharPati
तरकारी र फलफूलको मूल्य आकाशीयो

तरकारी र फलफूलको मूल्य आकाशीयो

कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनको चौथो दिनसम्म आइपुग्दा बजार केही खुल्न थाले पनि तरकारी, फलफूललगायका आवश्यक खाद्य सामग्रीको मूल्य ह्वात्तै बढेको छ।
काठमाडौँ उपत्यकाका आसपासका क्षेत्रले शहरी क्षेत्रमा तरकारी र दूधको आपूर्ति गर्दै आएकामा यातायातका साधन नहुँदा त्यस क्षेत्रबाट ती सामग्री आउन सकेका छैन। खाद्य वस्तु बजारसम्म पुर्याउन नपाउँदा दूध र तरकारी त्यसै खेर गइरहेको व्यापारिहरुको गुनासो छ।
यसका बाबजुद कतिले अहिलेको मौकालाई कमाउने अवसरका रुपमा लिन थालेको सरोकारवालाले बताए।
बजारमा अहिले कृत्रिम अभाव सिर्जना गर्ने, सामान मूल्यभन्दा बढीमा बिक्री गर्ने त कतिले अवधि सकिन लागेको खाद्यसामग्रीको बिक्री गरिरहेको पाइन्छ। तरकारी र फलफूल लकडाउन पहिलेभन्दा अहिले दोब्बरदेखि तेब्बर मूल्यमा बिक्री हुँदासमेत अनुगमन हुन नसकेको देखिन्छ । आम नागरिक घरभित्र हुँदा पनि त्यस्तै, बाहिर हुँदा पनि त्यस्तै भईरहेको अवस्थामा अनुगमन गर्ने र गुनासो व्यक्त गर्न संपर्क नम्बर दिएर तत्काल कार्वाही गरेमा कालाबजारीमा केही कमी आउने थियो कि ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares