एकै दिन २५० जनाको मृत्यु, हालसम्मकै धेरै – EsancharPati
एकै दिन २५० जनाको मृत्यु, हालसम्मकै धेरै

एकै दिन २५० जनाको मृत्यु, हालसम्मकै धेरै

इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।

हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी छ ।

विश्व स्वास्थ्य संगठनका हालसम्म १ सय २३ वटा देशमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भईसकेको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •