धर्मनिरपेक्षता हाम्रो माग थिएन, को बाट र कहाँबाट आयो ? :शर्मा

धर्मनिरपेक्षता हाम्रो माग थिएन, को बाट र कहाँबाट आयो ? :शर्मा

काठमाडौं, २ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले मुलुकको अबको गन्तब्य र यात्रा के हुने भन्नेबारे वैचारिक छलफल चलाउनुपर्नेमा जोड दिएका छन्् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता शर्माले मुलुकमा कसरी समृद्धि हाँसिल गर्न सकिन्छ र अबको राजनीतिक कार्यदिशाबारे गम्भिर बहस चलाउनुपर्ने आवश्यकत्ता औंल्याएका हुन् । उनले भने,‘अहिलेसम्म हामीले सहमति र एकताकै आधारमा मुलुकलाई यहाँसम्म ल्याएका हौं । हामीले संविधानपनि सहमतिमै ल्यायौं । संविधान हाम्रो साझा दस्तावेज हो । हामी सबैको कार्यदिशा त्यही हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता शर्माले अब सबै दलको मुख्य एजेण्डा भनेको नै राष्ट्र निर्माण गर्नु र समृद्ध मुलुक बनाउनु भएको स्पष्ट पारे ।’

उनले धर्मलाई बोकेर हिँड््न नहुनेपनि तर्क गरे । उनले भने,‘धर्म बोकेर हिँड््दा राम्रो हुँदैन् । अहिले धर्मलाई राजनीतिक एजेण्डा बनाउन त सजिलो होला । तर, भोलि सरकारमा हुँदा मिलाउन गाह«ो हुन्छ ।’

आफूहरुले जनयुद्धकालिन समयमा पनि मठ, मन्दिरमा आक्रमण नगरेको शर्माले स्मरण गराए । उनले भने,‘धर्म, भाषा र जात अत्यन्तै संवेदनशील कुरा हुन्् । यसबारेमा विचार पु¥याउनुपर्छ ।’

उनले धर्मनिरपेक्षता आफूहरुको माग नभएको जिकिर गरे । शर्माले सुनाए,‘त्यतिवेला पनि धर्म निरपेक्षता बनाउने हाम्रो माग थिएन्् । १२ बुँदे सम्झौतापछि हामी सरकारमा आउनुपुर्व नै धर्म निरपेक्षता बनाईयो । त्यतिवेला सरकारमा कांग्रेस र तत्कालिन् नेकपा एमाले नै थियो । त्यतिवेला त्यो एजेण्डा नै थिएन् । को बाट आयो ? कहाँबाट आयो ? हामीलाई थाहा थिएन् । तर, हामीले विरोध गरेनौं । हामी धर्मको विषयमा पहिलेदेखि नै संवेदनशील थियौं ।’

फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै राम्रो काम गर्ने विश्वास दिलाए । उनले भने,‘सरकारको पहिलो वर्ष आधार वर्ष भयो । ऐन, कानूनहरु ल्याउनुपर्ने थियो । ती सबै ल्याएको छ । अब अर्को वर्षदेखि काम देखिन्छ । आगामी वर्षमा यो सरकारले परीणाम दिन्छ ।’

आफूहरुको अबको एजेण्डा आन्दोलन नभएर मुलुक समृद्ध बनाउनको लागि युद्धस्तरमा काम गर्नुपर्ने उनको भनाई थियो । उनले भने,‘हामी एक आपसमा नमिलिकन सुखै छैन्् । एक्लै विकास र समृद्धि हाँसिल गर्न सम्भव छैन्् ।’

लोकतन्त्रको सुन्दर पक्ष भनेको नै भीन्न मतलाई सम्मान गर्ने भएकोले सरकारले प्रतिपक्षलाई निषेध नगर्ने उनले विश्वास दिलाए । उनले भने,‘जसले निषेधको राजनीतिक गर्छ, त्यो पार्टी टिक्दैन् ।’

त्यस्तै उनले पार्टीको तल्लो तहको एकता टुँगो लगाउनेगरि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेको जनाए । उनकाअनुसार यही बैशाख ०९ गतेसम्म तल्लो तहको एकता टुँगो लाग्छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम्् पूर्व मन्त्री शंकर भण्डारीले पार्टीभित्र जसले हिन्दूराष्ट्रको एजेण्डा बोक्छ उही व्यक्ति आगामी १४ औं महाधिवेशनमा नेतृत्वमा आउने दाबी गरेका छन्् । उनले भने,‘जसले हाम्रो पार्टीभित्र सनातन हिन्दूराष्ट्रको एजेण्डा बोक्छ, त्यही व्यक्ति नेतृत्वमा आउँछ ।’

पार्टीको मूलविचार पनि अब हिन्दूराष्ट्र नै हुने उनको भनाई छ । भण्डारीले पछिल्लो घट््नाक्रम हेर्दा मुलुक नयाँ प्रकारको द्वन्द्व, झगडा र कलहमा फस्न लागेको त होईन भन्ने प्रश्न उठाएका छन्् ।

भण्डारीले वर्तमान सरकार र यसका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सर्वेसर्वा ठूलो हुँ भन्ने व्यवहार गलत भएको पनि टिप्पणी गरेका छन्् ।

पृथ्वीनारायण शाहको शालिक ढालेर सगौरवको क्रान्तिकारी अनुभुति गर्नेहरुका कारण मुलुकको स्वाभिमान, स्वाधिनता र राष्ट्रियता कमजोर भएको उनको भनाई छ । उनले भने,‘मुलुकको राष्ट्रियता बलियो बनाउने काम पो गर्नुपर्छ । कमजोर बनाएर गौरव गर्नुहुँदैन् ।’

उनले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदापनि जनता ढुक्क हुन नसकेको गुनासो पोखे । भण्डारीले देशको पहिचान भनेको नै सनातन हिन्दूराष्ट्र भएको बताए । उनले भने,‘अहिलेपनि हाम्रो देशमा धार्मिक पर्यटकहरु बढि आउँछन्् । सनातन हिन्दू धर्म भनेको मुलुकको समृद्धिको आधार पनि हो ।’

प्रदेश नम्बर ४ का ९० प्रतिशत आदिवासी तथा जनजातिहरु हिन्दूवादी भएको उनको दाबी छ । उनले भने,‘बुद्ध र शिवको एउटै मन्दिरमा पूजा हुन्छ ।’

वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न, लगानीको वातावरण बनाउनको लागि पूर्ण रुपमा असफल भएको पनि उनको आरोप छ । उनले सरकारको विरोध गर्न दिनभरि कुरा गर्दापनि समय नपुग्ने तर समर्थन गर्नको लागि एउटापनि आधार नभएको जिकिर गरे । उनले ईतिहाँसमै मुलुक यति कमजोर कहिल्यै पनि नभएको आरोप लगाए ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् पूर्व मन्त्री राजकिशोर यादवले वर्तमान सरकार शान्ति, सुव्यवस्था र समृद्धि हाँसिल गर्नेतर्फ अग्रसर नभएको आरोप लगाएका छन्् । उनले भने,‘धेरै लामो समयपछि मुलुकले स्थिर र बहुमतको सरकार पाएको छ । तर, सरकारले सोहीअनुरुप काम गर्न सकेको छैन् । सरकारलाई दोष थोपरेर उम्किन खोजेको होईन । तर, सरकारको व्यवहार नै त्यस्तो छ ।’

पछिल्लो समय विकासको नाममा कतै विनाशमात्रै त भैरहेको छैन ? भन्नेबारे पनि चर्चा गर्न आवश्यक रहेको उनको भनाई छ । उनले २०७६ सालमा मुलुकको सर्वाङ््गीण विकास कसरी हुन्छ भन्नेबारे वैचारिक रुपमा बहस गर्नुपर्नेपनि आवश्यकत्ता औंल्याए । उनले भने,‘विचारबिनाको विकास कसरी हुन्छ ?’

आजभन्दा अगाडि ‘हरियो बन, नेपालको धन’ भन्ने नेपालको अवस्था रहेको सुनाउँदै उनले भने,‘तर, आज विश्व ग्लोबल वार्मिङका कारण चिन्तित छ । विश्कै शक्तिशाली देशहरुपनि यसबारे चिन्तित छन् । हामी पनि यसबाट प्रताडित हुने अवस्था छ । अहिले हाम्रो वनको अवस्था के छ ?’

उनले नेपालका नेताहरुको विचित्रको रोग भनेको नै मञ्च पाएपछि भाषण ठोक्ने भएको उल्लेख गर्दै नेपाललाई नेपालजस्तो बनाउनुपर्ने बताए । उनले भने,‘हामी सिंगापुर र स्विट््जरल्याण्ड बनाउँछौं भन्छौं । तर, नेपाललाई नेपालजस्तो बनाउँछौं भनेर हामीले कहिल्यैपनि सार्वजनिक प्रतिबद्धता गरेनौं । यो अत्यन्तै दुःखदायी कुरा हो ।’

जनतालाई उत्तेजित पारेर नितान्त दलीय स्वार्थ पूरा गर्ने काम नेपालका दल र यसका नेताहरुबाट भएको उनको स्विकारोक्ति थियो । उनले भने,‘नेपालको अहिलेको अर्थ राजनीति, सामाजिक अवस्था अत्यन्तै चिन्ताजनक छ ।’

वर्तमान सरकारले हिजोकोभन्दा आज फरक काम गरेको भन्ने अनुभूति दिलाउनुपर्ने पनि उनले जोड दिए । वर्तमान सरकार फरक विचार राख्नेलाई जाईलाग्ने प्रवृत्तिमा देखिएको पनि उनले आरोप लगाए । उनले भने,‘सरकारको यो कदमले लोकतान्त्रिक प्रक्रिया नै अवरुद्ध भएको छ ।

उनले अहिलेको सरकार विगतको सरकारभन्दा फरक भएकोले यो सरकार आएसँगै नेपाली जनताको जीवनमा के–के फरक पर््यो भन्ने कुरा देखाउनुपर्ने पनि स्पष्ट पारे ।

यादवले राजपाले अब गर्ने आन्दोलनमा विचार मिल्नेहरुसँग सहकार्य गर्नेपनि जानकारी दिए । उनले भने,‘बडो प्रतिकुलताको अवस्थामा पनि हामीले यो सरकारलाई समर्थन जारी राख्यौं । तर, एक वर्षसम्मपनि केही नभएपछि हामीले सरकारलाई दिएको समर्थन फिर्ता लियौं ।’

सरकारलाई सचेत गराउने उद्देश्य बोकेर नै आफूहरुले दबाबमूलक कार्यक्रम अघि सारेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘हाम्रो आन्दोलनलाई परीणाममुखी बनाउनको लागि विचार मिल्नेहरुसँग एकता र सहकार्य गर्छौं ।’

आफूहरु पार्टीको एकता महाधिवेशनमा जुटेको पनि उनले जनाए । उनले भने,‘महाधिवेशनको तिव्र तयारीमा छौं । अहिले संगठनलाई बलियो बनाउनतिर हामी लागेका छौं ।’