नेपालको स्वास्थ्य सेवा निजी चिकित्सकले धानेका छन्: मन्त्री यादव

नेपालको स्वास्थ्य सेवा निजी चिकित्सकले धानेका छन्: मन्त्री यादव

काठमाडौं, २९ चैत । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले नेपालको स्वास्थ्य सेवा सरकारी चिकित्सकले नभई निजी चिकित्सकहरुले धानेको स्पष्ट पारेका छन्् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री यादवले नेपालको स्वास्थ्य सेवा धान्ने भनेको नै निजी चिकित्सक भएको बताएका हुन्् । उनले भने,‘आउने दिनमा यसलाई सुधार गर्नुपर्छ ।’ मन्त्री यादवले सरकारी चिकित्सकको आन्दोलनप्रति सरकार गम्भीर भएको भन्दै सेवामा फर्कन आग्रह समेत गरे ।

उनले चिकित्सकसंग यसअघि गरिएको सहमति नै कार्यान्वयन हुदा चिकित्सकले आन्दोलन गरेको आरोप पनि लगाए । समायोजनको बिषयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हेरिरहेको भन्दै स्वास्थ्य मन्त्रालयले सहजीकरण मात्र गर्नसक्ने उनको भनाई थियो । उनले आन्दोलनरत चिकित्सकहरुलाई संविधान पढ््नसमेत आग्रह गरे ।

उनले विगतमा सरकारी चिकित्सकहरुले आफूहरु स्वास्थ्य ऐनअन्तर्गत रहन्छौं र संघीय निजामती ऐन मान्दैनौं भनेर किन नभनेको भन्दै प्रश्नसमेत तेर्साए । उनले भने,‘संघीय निजामती ऐनअन्तर्गत फारामपनि भर्नुभयो, मैले अघि त्यही कुरा सोध्न लगाएको हुँ । जुन ऐनअन्तर्गत तपाईले फाराम भर्नुहुन्छ भने त्यो ऐनअन्तर्गत जाने कि नजाने ? म टेक्निकल व्यक्ति छु भनेर हुँदैन्् । पहिले संविधान पढ््नुहोस्् । नेपालमा हामी जहाँ बसिरहेका छौं, त्यहाँको के कानून छ ? अहिले ७६१ वटा सरकार छन्् ।’

सरकारी चिकित्सकहरुले आफूहरुमाथि लगाएको आरोपको खण्डन गर्दै मन्त्री यादवले भने,‘स्वास्थ्य मन्त्रालयले जहिलेपनि आफ््नो काम गरिरहेको छ । गोदानसँग भएको सम्झौता हेर्नुहोस््, हामीले सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्नेछ, लेखि पठाउनेछ भनेर सहमति गरिएको छ ।’

सरकारी चिकित्सकहरुले नेपाल मेडिकल एशोसिएशनलाई गुहार्नु भनेको उनीहरुको अपरिपक्वता भएको पनि मन्त्री यादको आरोप छ । उनले भने,‘म आँफै गोदानका चार वटा डाक्टरहरुलाई लिएर संघीय मामिलामन्त्री लालबाबु पण्डितको घरमा पुगें, मेरो मन्त्रालयका सचिवलाई पनि साथै लिएर गएको थिएँ । उहाँरुसँग डिसिजन गर्ने क्षमता त हुनुपर्छ ।’

अहिलेसम्म चिकित्सकहरुले खाईपाई आईरहेको सेवा तथा सुविधा र वृद्धिविकास कम नहुने विश्वास मन्त्री पण्डितले दिलाएको उनले सुनाए । उनले चिकित्सकहरु संघीय सरकार अन्तर्गत भर्ना भएपनि संविधानअनुसार तीन तहमा जान गाह«ो नमान्न पनि आग्रह गरे ।

मन्त्री यादवले विराटनगर, विरगञ्ज, डडेलधुरा, नेपालगञ्ज र भरतपुर अस्पताललाई पाँच सय बेड बनाउन लागिएको पनि उनले जनाए । उनले अब सरकारी अस्पतालमा सुधारको संकेतहरु देखा परेको पनि दाबी गरे ।

त्यस्तै मन्त्री यादवले सरकारी चिकित्सकको आन्दोलनको असर सरकारी अस्पतालमा नपरेको दाबी समेत गरे । उनले भने,‘मैले त हिजोमात्रै थापालीस्थित्् प्रसुति गृहमा पुगेर चिकित्सक को–को अनुपस्थित्् छन्् भनेर सोध्दा कोही पनि अनुपस्थित्् भएको पाईएन्् । हामीले अस्पतालको निरन्तर अनुगमन गरिरहेका छौं ।’

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारी चिकित्सकको सेवा÷सुविधाका बारेका सरकारले प्रतिवद्धता जनाए आन्दोलन फिर्ता हुने विश्वास दिलाए । उनले चिकित्सकको मागका बारेमा सरकार गम्भीर नभएको आरोप लगाए ।

डा. श्रेष्ठले सरकारले चिकित्सा क्षेत्रको मर्म र भावना नबुझी हचुवाको भरमा समायोजन ऐन ल्याएको पनि गुनासो पोखे । उनले भने,‘यसले भोलि नेपालको स्वास्थ्य क्षेत्रमा दिर्घकालिन असर पर्छ । अहिलेको समायोजनले एउटा तहबाट अर्को तहमा जानै नमिल्ने बाध्यतात्मक अवस्था सिर्जना गरेको छ । हामीलाई संघीयतासँग सरोकार छैन्् ।’

उनले केही मन्त्रीहरुको बोली अभद्र रहेको पनि टिप्पणी गरे । उनले भने,‘गार्जियनजस्तो व्यक्तिले अभद्र बोली बोल्ने गर्नुभएको छ । चिकित्सक भनेका साधन हुन्् । सही तरिकाले प्रयोग गर्नुपर्छ ।’ सरकारले समायोजनमा नजाने चिकित्सकलाई कारबाही गर्छु भनेर धम्की दिएको सुनाउँदै उनले भने,‘चिकित्सकहरुले त राजीनामा नै दिन्छु भन्नुभएको छ । योभन्दा ठूलो कारबाही के हुन्छ ?’

विज्ञहरुसँग सल्लाह नगरी समायोजन गर्ने काम भएको बताउँदै उनले सरकारको यो कदमले चिकित्सकहरुको मनोबल गिरेको गुनासो पोखे । उनले भने,‘सरकारी चिकित्सकहरुलाई समायोजनमा जान कुनै आपत्ति छैन्् । तर, त्यहाँ गएपछि निस्किने वातावरण छैन्् । हो, निस्किने वातावरण बनाउनुपर्छ भनेर हामीले भनेका छौं ।’

सरकारी चिकित्सकहरुको आन्दोलनमा नेपाल चिकित्सक संघले एक्येबद्धता जनाएको उल्लेख गर्दै उनले सरकारले कुनैपनि हालतमा नजरअन्दाज गर्न नहुने बताए ।

त्यस्तै, आन्दोलनरत सरकारी चिकित्सक संघ नेपाल, सघर्ष समितिका उप–संयोजक डा. सुशिलमोहन भट्टराईले स्वास्थ्य मन्त्रालयले आफुहरुमाथि षड््यन्त्र गरेको आरोप लगाए । उनले मन्त्रालयले आफुहरुको अभिभावकत्व निर्वाह गर्न नसकेको गुनासो पोखे ।

उनले सरकारी चिकित्सकहरुलाई सरकारले नै अपहेलित गरेको आरोप लगाए । उनले भने,‘हामी अति भएर छताछुल्ल भएका हौं । बाध्य भएर आन्दोलन गरेका हौं ।’ स्वास्थ्य मन्त्रालयले षड््यन्त्र गरेको र गिरोहको रुपमा काम गरेको पनि उनले गम्भिर आरोप लगाए ।

भट्टराईले सरकारी चिकित्सक परिवर्तनको संवाहक भएको बताए । आफूहरु समायोजनमा जान तयार रहेको भएपनि अहिले प्रदेश र स्थानीय तह अपरिपक्व रहेको उनले बताए । उनले सरकारले सरकारी चिकित्सकहरुलाई धराशयी बनाउने काम गरेको अर्को आरोप लगाए ।

संघीयताको मोडल परीक्षणको नाममा आफूहरुलाई बलीको बोको बनाउन खोजिएको उनको आशय थियो । उनले भने,‘एक्सपेरिमेन्टको रुपमा हामीलाई मुसा बनाउने काम भएको छ ।’ समायोजनको नतिजा आगामी दश वर्षपछि देखिनेपनि उनले सुनाए । सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउन नसकेको पनि उनले टिप्पणी गरे ।

उनले आफूहरुलाई समायोजनको नाममा एउटै तहमा थन्काएर जेलमा हाल्न नपाईने तर्क गरे । उनले भने,‘हामीलाई वैज्ञानिक तवरले समायोजनमा हाल्नुपर्छ । फोकल गरेर पठाउनुपर्छ ।’ आफूहरु संघीयताविरोधी नभएको पनि उनले स्पष्ट पारे । उनले भने,‘हाम्रो राजनीतिक मुद्दा होईन, र हामी राजनीति पनि बुझ््दैनौं । हामी संघीयताको पक्षपोषण पनि गर्दैनौं र विरोध पनि गर्दैनौं ।’