कोरोना देखिएमा ‘लक डाउन’ गर्ने – EsancharPati
कोरोना देखिएमा ‘लक डाउन’ गर्ने

कोरोना देखिएमा ‘लक डाउन’ गर्ने

कोरोना भाइरस (कोभिड —१९)को संक्रमण देखिएमा निश्चित क्षेत्र तोकेर सरकारले देशको कुनै क्षेत्रमा ‘लक डाउन’ गर्ने योजना भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यकबाहेक अरु बन्द गर्ने तथा पकेट एरिया लक डाउन गर्ने योजना सरकारले बनाएको जानकारी गराउनुभयो । आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल परिचालन गर्नसमेत सहकार्य गरिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार ४३ वटा सीमा नाकामा सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गरेका छन् । संक्रमण फैलिएको देशबाट आउनेलाई कोरोना संक्रमण नभएको भनेर दिइएको सात दिन ननाघेको प्रमाणपत्र ल्याउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •