पर्यटन क्षेत्रको विकास गरेर १० लाख नेपालीलाई रोजगारी दिन सकिने ;प्रधानमन्त्री -ओली

पर्यटन क्षेत्रको विकास गरेर १० लाख नेपालीलाई रोजगारी दिन सकिने ;प्रधानमन्त्री -ओली

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित ‘नेपाल भ्रमण वर्ष, २०२०’ मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले पर्यटन क्षेत्रको विकास गरेर १० लाख नेपालीलाई रोजगारी दिन सकिने बताएका हुन । नेपाल भ्रमण वर्ष सम्पन्न भएपछि १० लाखले रोजगार पाउन सक्ने भन्दै यसलाई सफल बनाउनुपर्नेमा जोड दियका छन ।
पर्यटन क्षेत्रबाट मुलुकको आय दोब्बर बनाउने गरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उनले प्रधानमन्त्री ओलीले सक्दो सहयोग गर्न सम्बन्धित सबै निकायलाई आह्वान गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आ–आफ्नो क्षेत्रको गन्तव्य स्थलहरुको पहिचान गरी उचित व्यवस्थापन गर्न प्रदेश तथा स्थानीय सरकारहरुको पनि ध्यानाकर्षण गराए का छन।

प्रदेश र स्थानीय तहको गतन्व्यहरुको पनि पहिचान गरी सो भ्रमण वर्षलाई सफल बनाउने विषयमा केन्द्रित भएर छलफल गरिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । बैठकमा गैर आवासीय नेपाली संघ ले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल बनाउन नेपालको गन्तव्य स्थलहरुको पहिचान गरी त्यसलाई विभिन्न १० भाषामा प्रकाशित गरी विश्वभर प्रचार गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल भ्रमण वर्षलाई सफल बनाउन नेपालको गन्तव्य स्थलहरुको विश्वभर प्रचार–प्रसार गर्ने लगायतका कार्यक्रम संचालन गर्न लागिएको बारे प्रधानमन्त्रीलाई जानकारी गराइएको एनआरएनएका अध्यक्ष भुबन भट्टले जानकारी दिए । सरकार सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने तयारी मा रहेको छ ।